Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

चिनीको भन्सार महशुल वृद्धि गर्न कृषि विकास मन्त्रालयको प्रस्ताव

चिनीको भन्सार महशुल वृद्धि गर्न कृषि विकास मन्त्रालयको प्रस्ताव

काठमाडौं, माघ ६ । कृषि विकास मन्त्रालयले सस्तो चिनी आयात भई नेपाली उद्योगहरु प्रतिस्पर्धी हुन नसकेको भन्दै चिनीको भन्सार दर ५० प्रतिशले बढाउन अर्थमन्त्रालय समक्ष प्रस्ताव गरेको छ । विश्वव्यापी रुपमा चिनीको मूल्यमा कमी आएपछि छिमेकी भारतले पनि गत जुलाई महिनामा चिनीमा भन्सार दर बढाएर स्वदेशी उद्योगहरुलाई संरक्षण गरेको थियो । भन्सार महशुल वृद्धि गर्न संसद्मा आर्थिक ऐनमा संशोधन पेश गर्नुपर्ने हुन्छ । कुनै पनि वस्तु अप्राकृतिक ढंगको आयात वृद्धिले अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न थालेको अवस्थामा आर्थिक वर्षको बीचैमा पनि आर्थिक ऐन संशोधन भएका उदाहरणहरु छन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएपछि त्यस्ता उत्पादन सस्तोमा आयात भई स्वदेशी उद्योगलाई जोखिममा पार्न सक्ने तथ्यलाई मध्यनजर गर्दै सम्बन्धित देशहरुले आफ्ना उद्योग संरक्षणका लागि यस्ता नीति अपनाउने गर्छन् । तर नेपालको हकमा भने स्वदेशी उद्योगहरुले कुल मागको ४० प्रतिशतमात्र उत्पादन गर्दै आएका छन् भने बाँकी आयातबाट व्यवस्थापन हुन्छ । उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले स्वदेशी उद्योगहरुलाई प्रतिस्पर्धी बनाउनुका सट्टा भन्सार बढाएर उपभोक्ताले सस्तो सुलभ वस्तु उपभोग गर्ने अधिकारलाई सरकारले वञ्चित गर्न लागेको भन्दै विरोध गरेका छन् । अहिले चिनीमा १५ प्रतिशत भन्सार महशुल लागू गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x