Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चीनीया लगानी भित्राउन ५ जलविद्युत आयोजना सहित विभिन्न परियोजनामा सहमती

चीनीया लगानी भित्राउन ५ जलविद्युत आयोजना सहित विभिन्न परियोजनामा सहमती

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण क्रममा चीनया लगानी भित्राउन ५ बटा जलविद्युत आयोजना सहित विभिन्न परियोजनाका लागि सहमती भएको छ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको उपस्थितीमा बेइजिङस्थित नेपाली दूताबासमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो ।

जलिविद्युत परियोजना अन्तर्गत  कालिगण्डकीको १६४ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि सयुक्त विकास सम्झौता भएको छ । यसमा ३७ अर्बको लगानी हुने छ । यसैगरी ४०.२७ मेगावाटको न्यादी जलविद्युत् आयेजनाको प्लान प्रोजेक्टका लागि सम्झौता भएको छ । इएफसिएम मोडलमा यो आयोजना बन्ने छ । यसै गरी चीनले २ लाख देखि ५ लाख थानसम्म पश्मिना लिने भएको छ । नेपाल पश्मिना उद्योग संघ र ओभर इन्टरनेशनल ट्रेड प्लाटफर्म सिआईसी म्युचुल टेड कम्पनीसँग यो सम्झौता भएको हो ।

यस्तै मस्याङ्दी ६ सय मेगावाटको जलविद्युत् आयोजना र त्रिशुली गल्छी ७५ मेगावाटको जलविद्युत् आयोजनाका फेमवर्क सम्झौता भएको छ ।यस्तै यता सिमेन्ट उद्योगमा १५ अर्ब रुपैयाँको लगानी आउने भएको छ । चीनको हुवासिन सिमेन्टले नेपालमा १५ अर्बको बैदेशिक लगानी सिमेन्टमा ल्याउने भएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका उपाध्यक्ष सु ग्याङबीच लगानी व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै पूर्वी तराईमा सिँचाई योजनाका लागि सम्भायता अध्ययनका लागि सम्झौता भएको छ । ऊर्जा मन्त्रालय र चीनको चाइना कम्युनिकेश कन्स्ट्रक्सन कम्पनीबीच कमला,कन्कायी नदीमा सिचाई आयोजना संचालन गर्नको लागि प्रारम्भिक सम्झौता भएको हो । यसै गरी फरचुना इन्भेष्टमेन्ट फुड पार्क बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ  । सिल्क रोड इन्टरनेशनल इन्भेष्टमेन्ट अन्तर्गत भने चीनले नेपालमा ४६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x