Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चौथो औद्योगिक क्रान्ति, प्रविधि उपयोग गर्न सके कम विकसित देशहरुको आर्थिक रुपान्तरण छिटो

चौथो औद्योगिक क्रान्ति, प्रविधि उपयोग गर्न सके कम विकसित देशहरुको आर्थिक रुपान्तरण छिटो

काठमाडौं, २१ चैत्र । जैविक र भौतिक वस्तुहरुबीचको अन्तत्र्रिmया हुने आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स, इन्टरनेटको दुनियाँमा आएको परिवर्तन र प्रविधिहरुको आविस्कारसँगै चौथो औद्योगिक क्रान्तिले उत्पादन सम्बन्धलाई समेत पुनर्परिभाषित गर्दै लगेको भन्दै विज्ञहरुले कम विकसित देशहरुले यसको लाभ उठाउनुपर्ने बताएका छन् । कम विकसित देशहरुलाई व्यापारका लागि सहायता उपलब्ध गराउने इन्ह्यास्ड इण्डिग्रेटेड फ्रेमवर्क (इआइएफ) का कार्यकारी निर्देशक डा. रत्नाकर अधिकारीले कम विकसित देशहरुले पनि प्रविधि उपयोग गरी छिटो आर्थिक विकासतर्फ लम्कन सक्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले सन् १८५० मा पानीको बाफबाट चल्ने स्टिम इन्जिनको सहायताले चल्ने मेसिनको औद्योगिक उत्पादनका लागि उपयोग हुन थालेपछि विश्वले अर्को चरणमा विद्युत्बाट चल्ने कम्बोस्टन इन्जिन तथा तेश्रो चरणमा सूचना प्रविधिको विकाससँगै विश्वले तीव्र विकास गरेको हो । डिजिटल क्रान्ति, प्रविधिको उच्चतम विकास तथा भौतिक र जैविक वस्तुहरुको इन्टरफेसले विकासको गतिलाई अझै तीव्रता दिने भन्दै अधिकारीले प्रविधिको प्रयोग, अटोमेशनबाट जति श्रमिकको संख्या कटौती हुन्छ अर्को रुपले नयाँ रोजगारीका अवसर पनि सिर्जना हुने भन्दै प्रविधिलाई बुझ्ने, अपनाउने जनशक्ति विकासका लागि सीप विकास र शिक्षामा लगानी गर्न सरकारलाई सुझाए । ‘सबैभन्दा पहिले प्रविधिमा पहुँच हुनपर्यो, त्यसपछि यसलाई खरिद गर्न सक्ने क्षमता हुनपर्यो यससँग यसको प्रयोगका लागि सीप, साइबर सुरक्षा तथा गोपनीयताका लागि सरकारले सशक्त नियमनको विकास गर्नुपर्छ,’ अधिकारीले भने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नयाँ प्रविधिहरुको कम विकसित देशहरुले तत्काल उपयोग गर्न नसकेपछि आर्थिक रुपान्तरणका लागि सहयोगी बन्न सक्ने केही प्रविधिहरु भित्र्याउनैपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालले विश्वका अन्य देशहरुले जस्तो कृषि पछि अर्को चरणमा देखिएको औद्योगिक विकासको चरण पार नगरी पहिलो चरणको औद्योगिक विकासबाट सीधै तेश्रो चरणको सूचना प्रविधिले सघाएको तेश्रो चरणको औद्योगिक क्रान्तिबाट सेवा क्षेत्रको विकास गरी लाभ लिएकाले चौथो चरणको औद्योगिक क्रान्तिसँगै प्रविधिको उपयोग गरी लाभ लिनुपर्ने, कतिपय सेवाहरु अटोमेशन गरी छिटो र प्रभावकारी बनाउन सकिने धारणा राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x