Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकासमा लाग्न प्रधानमन्त्रीको निर्देशन

जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकासमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकासमा लाग्रन  मन्त्री तथा सचिवहरूलाइ निर्देशन दिएका छन् ।

सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले रजनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकासमा लाग्न निर्देशन दिएका हुन ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई दिए ।

नेपाली जनताले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेका छन् । त्यो अपेक्षालाई पूरा गरिनुपर्छ ।” प्रधानमन्त्री ओलीले भने । सरकारको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित तथा योजनाबद्धरुपमा समयमा नै परिणाम निकाल्ने कसरी काम गर्न सकिन्छ भन्ने मन्त्रालयगत योजनका कार्यक्रमका सम्वन्धमा प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुसँग छलफल गर्दै आइरहेका छन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x