Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनता बैंकका पूर्व सञ्चालक न्यौपाने पत्नीको शेयर जफत गर्न निर्देशन

जनता बैंकका पूर्व सञ्चालक न्यौपाने पत्नीको शेयर जफत गर्न निर्देशन

पूर्ण प्रसाद चौलागाई २०७४ भदौं ३० काठमाडौं । जनता बैंकलाई तत्कालीन सञ्चालक गुरुप्रसाद न्यौपानेको श्रीमती सुमित्रा न्यौपानेको शेयर जफत गर्न निर्देशन राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले निजको नाममा रहेको ८५ हजार कित्ता शेयर जफत गर्न दिर्नेशन दिएको हो । बैंकमा सञ्चालक रहेको समयमा दोस्रो बजारमा शेयर कारोबार गर्न नपाइने नियमनको उल्लंघन गरी न्यौपानेले श्रीमतीको नाममा शेयर खरिद गरेको हो ।

सो सेयर न्यौपानेले सञ्चालक समितिमा रहेका बेला माछापुछ्रे बैंकसँगको मर्जर हुने विषय चल्दा श्रीमतिको नाममा किनेका थिए । बैंक सञ्चालक समितिको बैठकले पनि सुमित्रा न्यौपानेको सेयर जफत निर्णय गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले भदौको दोस्रो साता नै न्यौपानेले जनता बैंकको सञ्चालकमा रहदा बैकिङ कसुर गरेको जानकारी जनता बैंकलाई पठाएको थियो । केन्द्रिय बैंकले सोही आधारमा न्यौपानेकी श्रीमती सुमित्रादेवी न्यौपानेका नाममा रहेको सेयर जफत गर्न निर्देशन दिएको हो ।
स्रोतका अनुसार न्यौपानेले श्रीमती सुमित्राको नाममा ५२ हजार कित्ता सेयर आफु सञ्चालक भएकै बखत खरिद गरेका थिए । त्यसपछि निष्काशन भएको ५० प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनस सहित गरी ८५ हजार कित्ताभन्दा बढी सेयर जफत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार कुनै पनि बैंक तथा वित्तिय संस्थामा सञ्चालक पदमा रहँदा आफु तथा परिवारका सदस्यको नाममा त्यही संस्थाको सेयर खरीद गर्न पाइदैन । सुमित्राको नामको सेयर जफत गरी बैंकले बोलकबोल मार्फत सर्बसाधारणलाई विक्रि गर्ने छ । यसअघि न्यौपानेले श्रीमतीका नाममा सेयर खरीद गरेको सम्बन्धमा राष्ट्र बैंकमा उजुरी परेको थियो ।

सो सम्बन्धी छानविन थालेपछि न्यौपानेले सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
अपि हाइड्रोपावर, अरुण हाइड्रोपावर र रिडि हाइड्रोपावरमा समेत सञ्चालक रहेको न्यौपानेद्वारा सञ्चालित कम्पनीहरुमा संस्थागत सुशासनको अभाव रहेको बताइन्छ । आफ्नै परिवार र नातेदार केन्द्रित भएर कम्पनी सञ्चालन गर्ने गरेको आरोप छ । हालै अपि हाइड्रोपावरले १ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र अरुण हाइड्रोपावरले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको भए पनि लामो समयदेखि त्यसको छिनोफानो हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x