Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जनता बैंकको नयाँ शाखा नवलपरासीको बौदीकालीमा

जनता बैंकको नयाँ शाखा नवलपरासीको बौदीकालीमा

काठमाडौं, २८ साउन । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा संचालनमा ल्याइएको उक्त शाखा बैंकको १ सय २२ औं शाखा हो ।

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने विश्वास बैंकले लिइएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x