Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनता बैंक नवौं वर्षमा

जनता बैंक नवौं वर्षमा

काठमाडौं, २३ चैत । जनता बैंक नेपाल लिमिटेड स्थापनाको ८ वर्ष पुरा गरि ९औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले यात्रामा निरन्तर साथ दिने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय तथा शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले आज प्रभातफेरी आयोजना गरेको थियो । बैंकिङ सचेतनाका लागि आयोजित प्रभातफेरीमा बंैक संचालक समितिकाअध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाकाशाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसै अवसरमा बैंकले भोली नयाँबानेश्वर शाखामानिःशुल्क बृहत स्वास्थ्यशिविरको आयोजना गरेको छ। त्यस्तै नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्साकोठा सुधारको लागि २५ हजार रुपैयाँ र समाजकल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जनाविद्यार्थीहरुलाई पोषाक र करिव १० हजार रुपैयाँको खाद्यान्न वितरण गरेको छ भने विभिन्न सरकारी विद्यालयका ४४ जनाविद्यार्थीलाई २ लाख २० हजार रुपैयाँ छात्रवृत्ति वितरण पनि गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x