Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जलविद्युत कम्पनीहरुको शेयर मुल्य बढ्यो, कारण के?

जलविद्युत कम्पनीहरुको शेयर मुल्य बढ्यो, कारण के?

काठमाडौं, ३१ जेठ । शेयर बजारमा केहि दिन यता सुचिकृत जलविद्युत कम्पनीहरुको शेयर मुल्यमा वृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जमा १८ जलविद्युत कम्पनीहरुको शेयर सुचिकृत छन् । विहीबार शेयर बजारमा जलविद्युत समुह २८.७१ अंकले बढेको छ । जलविद्युत समुहको आज ३६ हजार ५५६ कित्ताको किनबेचबाट ९६ लाख ८८ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा सुचिकृत भएका १८ जलविद्युत कम्पनीहरु मध्ये विहीबार १६ कम्पनीहरुको शेयर मुल्यमा वृद्धि भएको छ । गृह मन्त्रालय र उर्जा मन्त्रालयले संयुक्त रुपमा विद्युत चोरी नियन्त्रण गर्ने भएको कारण नेप्सेमा सुचिकृत जलविद्युत कम्पनीहरुको शेयर मुल्यमा वृद्धि आएको देखिन्छ । यता विद्युत चोरी नियन्त्रण हुँदा जलविद्युत कम्पनीहरुको मुनाफा समेत बढ्ने हुन्छ । मुनाफा बढ्ने भएपछि शेयर मुल्य बढ्नु स्वभाविक नै हो ।

यता विद्युत चोरी नियन्त्रण गर्न गृह मन्त्रालय, हरेक जिल्लाका जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणका शाखा कार्यालयहरुबीच समन्वय गर्ने सहमति भएको छ । ती निकायहरुको समन्वयमा हरेक जिल्लामा बिजुली चोरी नियन्त्रणको पहल गरिने र चोरी गरेको पाइएमा कडा कारवाही गरिने निर्णय भएको हो । हावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बवतरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x