Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जापान सरकारले २७ करोड ४१ लाख रुपैया छात्रवृती उपलब्ध गराउने

जापान सरकारले २७ करोड ४१ लाख रुपैया छात्रवृती उपलब्ध गराउने

काठमाण्डौँ,२९ असार । नेपाललाई मानव संशाधन विकासका लागि जापानले २७ करोड ४१ लाख रुपैया छात्रवृती मार्फत अनुदान उपलब्ध गराउने भएको छ । राजधानीमा आजोजित एक कार्यक्रम बिच नेपालका लागि जापानका राजदूत मासामिची साइगा र अर्थसचिव राजन खनालले अनुदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे ।

सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उदेश्यले जापानका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका लागि सो छात्रवृती उपलब्ध गराइने छ । सार्वजनिक नीति, अर्थशास्त्र, कानूनी नीति तथा औद्योगिक विकास जस्ता बिषयमा निजामती सेवाका कर्मचारीले छात्रवृति पाउनेछन् ।

जापानले तीन वर्षदेखि सो छात्रवृत्ति प्रदान गर्दै आएको छ । २० जना नेपाली विद्यार्थीको तेस्रो तह जापानी विश्वविद्यालयमा अध्ययनका चयन भएका छन् । कार्यक्रममा बोल्दै राजदूत साइगोले यस सहकार्यले नेपालको सामाजिक–आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरी दुइ देश बिचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे । यस्तै अर्थ सचिव खनालले नेपालले आगामी दिनमा पनि जापानले सहगोग बढाउने विश्वास व्यक्त गर्दै नेपालको विकासमा सहगोग गरेकोमा जापान सरकार प्रति आभार व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x