Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

जेबिल्स् फाइनान्स हकप्रद निष्कासनको अनुमतिको पर्खाईमा

जेबिल्स् फाइनान्स हकप्रद निष्कासनको अनुमतिको पर्खाईमा

काठमाडौं, ३ पौष । नेपाल धितोपत्र बोर्डको हकप्रद शेयर निष्कासनको सुचिमा जेबिल्स् फाइनान्स पनि थपिएको छ । फाइनान्सले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले सनराईज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ८० करोड ९१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x