Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

ज्योति विकास बैंकको तीन एटिएम सेवा विस्तार

ज्योति विकास बैंकको तीन एटिएम सेवा विस्तार

काठमाडौं, २५ जेठ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालय पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको शाखा कार्यालय विराटनगरमा एटिएम सेवा विस्तार गरेको छ । यो सँगै वैंकको एटिएम सेवा संजाल १७ पुगेको छ ।

हालै मात्र वैंकले एसटि कार्डलाई प्रतिस्थापन गरि भिसा डेविट कार्ड ल्याएको छ । यस बैक ग्राहकहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको बैंकले जनाएको छ । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबिबिएस सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ । हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x