Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ज्योति विकास बैंकको नयाँ शाखा बर्दघाटमा

ज्योति विकास बैंकको नयाँ शाखा बर्दघाटमा

काठमाडौं, १३ असार । ज्योति विकास बैंक लिमिटेडले नवलपरासीको वर्दघाटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा रहेको उक्त शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयूक्त रुपमा गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने बैंकले जनाएको छ । त्यस्तै बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व ३१ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ७१ करोड ऋण लगानी गरिसकेको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x