Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा कालिमाटीमा

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा कालिमाटीमा

काठमाडौं, ६ बैशाख । ज्योति विकास बैंक लिमिटेडले कालिमाटिमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको हिजो नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयूक्त रुपमा उद्घाटन गरे ।

यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे भन्दै आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा दिदै आएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । त्यस्तै बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x