Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

झण्डै एक अर्ब लगानीमा बुद्ध एयरले ल्यायो दशौं जहाज

झण्डै एक अर्ब लगानीमा बुद्ध एयरले ल्यायो दशौं जहाज

काठमाडौं, माघ १३ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब एक् अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गरिने बुद्ध एयरले जनाएको छ ।
निर्मित ‘एटिआर७२–५००’ सिरिजको जहाज यो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज खरिद गर्न बुद्धले गत मंसिर १९ गते एटिआरसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

अहिले ल्याएको जस्तो सिरिजको जहाज बुद्ध एयरले तीन ओटा यसअघि नै सञ्चालनमा ल्याइसकेको छ भने यो चौथो एटिआर७२ जहाज हो । योसहित कम्पनीसँग अब नौथान जहाज भएका छन् ।
‘उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेपछि आगामी फागुन १८ बाट नयाँ जहाजलाई उडानमा प्रयोग गर्ने छौं ,’ बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने ।

उनका अनुसार यो जहाज बजार विस्तार गर्ने उद्देश्यले भन्दा पनि विमानस्थलमा विविध कारण हुने गरेको ढिलाइ र अन्य जहाज मर्मतका कारण यात्रुलाई समस्या नहोस् भन्ने उद्देश्यले ल्याइएको हो ।

नयाँ जहाज सञ्चालनमा आएपछि बुद्ध वर्षको ३ सय ६५ दिन नै उड्ने जोशीले जानकारी दिए । बुद्धसँग रहेका आठथान जहाजको मर्मत अवधि वर्षमा २ सय ४० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ ।

‘यही मर्मत अवधिमा यात्रु तोकिएको समयमै आफ्ना गन्तव्य पुग्न सकून् भनेर नयाँ जहाज खरिद गरेका हौं,’ जोशीले भने, ‘नयाँ जहाज आएपछि नौथान जहाज भएका छन् र मर्मत तालिकाअनुसार पालैपालो जहाज मर्मतमा बस्छन् र आठथान जहाज पालैपालो निरन्तर उडान गरिरहन्छन् ।’

बुद्धका अनुसार नयाँ जहाजमा ‘पिडब्लु१२७’ इन्जिन जडान भएको छ ।नयाँ जहाज खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज करिब १ अर्ब रुपैयाँमा खरिद गरिएका हो । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x