Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टेलिकमले नयाँ वर्ष अफर

टेलिकमले नयाँ वर्ष अफर

काठमाडौं, २ वैशाख । नेपाल टेलिकमले नयाँ वर्ष २०७५ सालको अवसरमा हिजोबाट विभिन्न अफरहरु ल्याएको छ । बैशाख १५ गते सम्मका लागि अफरहरु ल्याएको भएपनि एडिएसएल अफर भने ९० दिनसम्म लिन सकिने जनाइएको छ ।

ह्याप्पी विकेन्ड प्याक अन्र्तगत १ सय रुपैंयाको रिजार्चमा शुक्रवार, शनिवार, र आइतवार एक जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ जुन सात दिनसम्म रहनेछ । त्यस्तै अनलिमिटेड जिएसएम , सिडिएमए नाइट डाटा प्याक अन्र्तगत १५ रुपैंयामा १ जिबी डाटा राति १० वजेदेखि ६ बजेसम्म चलाउन सकिने टेलिकमले जनाउको छ । डाटा खरिद गरेको २४ धण्टा सम्म यसको अवधि हुनेछ ।

डिएसएल भोलुम बेस्ड प्याकेज अन्र्तगत २ सय रुपैंयामा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ सय रुपैंयमा २५ जिबी र ४ सय रुपैंयामा ४० जिबी डाटा १ महिनासम्म प्रयोग गर्न सकिने छ । एडिएसएल अनलिमिटेड प्याकेज अन्र्तगत ७ सय रुपैंयाको अनलिमिटेड ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैंयाको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिनसम्म र ७ हजार रुपैंयाको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x