Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दोहा राउण्ड नटुंगिएसम्म डब्लुटीओमा नयाँ मुद्दा अटाउँदैनन्

दोहा राउण्ड नटुंगिएसम्म डब्लुटीओमा नयाँ मुद्दा अटाउँदैनन्

काठमाडौं, मंसीर २९ । विश्व व्यापार संगठनमा सन् २००१ देखि सुरु भएको दोहा राउण्डका नेगोसिएसन टुंगिन नसक्दा त्यसयताका मन्त्रीस्तरीय सम्मेलनहरु दोहा राउण्डका निरन्तरता जस्तो मात्र भएको छ । विकसित राष्ट्रहरु नयाँ मुद्दामा प्रवेश गर्ने भएपनि अन्य सदस्य राष्ट्रहरुलाई आफ्नो तयारी नभएका क्षेत्रमा जानभन्दा दोहा राउण्डकै नेगोसिएसन टुंग्याउने मुद्दा उठाएर हलो अड्काउन सजिलो पनि भएको छ । मन्त्रिस्तरीय सम्मेलनजस्तो सबैभन्दा ठूलो नीति निर्माण तहको सम्मेलनमा कुनै सहमति हुन नसक्दा विश्व व्यापार संगठनको सान्दर्भिकता र औचित्यता माथि नै प्रश्न उठ्न थालेको हो ।
डिसेम्बर १० देखि १३ सम्म अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा भएको १६४ सदस्य राष्ट्र भएको बहुपक्षीय व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने निकाय आफैंमा अड्कीएर बसेको छ । चीनको अनुरोधमा युरोपेली संघसहित ६६ देशहरुले लगानी सहजीकरणका सम्बन्धि मन्त्रिस्तरीय सम्मेलन आयोजना गर्न चाहेको विश्वव्यापार संगठनलाई जानकारी गराएका थिए । सम्मेलनका क्रममा विकासका लागि लगानी सहजीकरणसम्बन्धी प्रस्तावको मस्यौदा पेश गरिएको थियो । त्यस्तै, युरोपेली संघ सहित ८२ देशहरुले लघु, साना तथा मध्यम उद्यमहरुको प्रवद्र्धनका सम्बन्धमा पनि छलफल गरेका थिए । यसपटकको मन्त्रिस्तरीय सम्मेलनमा विद्युतीय कमर्स (इ—कमर्स) मा छलफल गरिने भनिएपनि यसमा ठोस प्रगति हुन सकेन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x