Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

डलर मजबुत हुँदा विदेशी ऋण ल्याउने योजना अलपत्र

डलर मजबुत हुँदा विदेशी ऋण ल्याउने योजना अलपत्र

काठमाडौं, १७ भदौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैँया तीव्र अवमूल्यन भएपछि वाणिज्य बैंकहरुको विदेशबाट ऋण ल्याउने योजना अलपत्र परेको छ । पछिल्लो महिनामा अमेरिकी डलरको तुलनामा भारतीय मुद्राले आफ्नो साख गुमाएपछि स्थिर विनिमय दर रहेको नेपालमा पनि समस्या देखिएको हो । गत चैतमा बैंकहरुलाई परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन खुला गरेयता नेपाली रुपैँया झण्डै ८ प्रतिशतले अवमूल्यन भएको छ ।
देशभित्र वाणिज्य बैंकहरुम लगानीयोग्य पुँजीको अभाव भएपछि गत चैतमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशी परिवत्र्य मुद्रामा ऋण ल्याउन खुला गरेको थियो । तर डलरको उतारचढावलाई हेजिङ गर्ने व्यवस्था नभएको भन्दै बैंकहरु ऋण लिनबाट हच्किए । त्यसपछि गत असारमा जारी भएको चालु आर्थिक वर्षको मौद्रीक नीतिले वाणिज्य बैंकहरुले विदेशी परिवत्र्य मुद्रामा ऋण ल्याए हेजिङ गरिदिने सुविधा घोषणा गर्यो । तर मौद्रीक नीति कार्यान्वयनमा आएको डेढ महिना बितिसक्दा पनि केन्द्रीय बैंकले हेजिङ सम्बन्धि कार्यविधि जारी नगरेपछि बैंकहरु विदेशी ऋण ल्याउन हच्किएका छन् । नेपाल राष्ट्र बैंकले भने बैंकहरुले विदेशबाट ल्याएको ऋणको हेजिङ गरिदिने बताएको छ । मौद्रीक नीतिले अपरिवत्र्य मुद्रा भारतीय रुपैँयामा पनि ऋण लिन सक्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बैंकहरुले भारतीय रुपैँयामा ल्याउने ऋणको पनि अप्रत्यक्ष रुपमा हेजिङ हुने बताए । ‘अहिले बैंकले भारतीय रुपैँयामा ऋण ल्याए पनि सो ऋण तिर्ने बेलामा डलर भारतीय बजारमा बिक्री गरी भारु खरिद गर्नुपर्छ,’ त्यसकारण यो पनि हेजिङ सरह हो । भारतीय रुपैँयाको तीव्र अवमूल्यन भैरहेकाले बैंकहरुले डलरमा भन्दा भारतीय रुपैँयामा लिएको ऋण तिर्न राष्ट्र बैंकले कम डलर खर्चिदाँ पुग्छ ।
नेपाल राष्ट्र बैंकले एक देखि ५ वर्षका लागि उत्पादनमूलक क्षेत्रमा लगानीका लागि विदेशी ऋण भित्र्याउन बैंकहरुलाई खुला गरेको छ । तर हेजिङ सम्बन्धि कार्यविधि नआउँदा बैंकहरु ऋण परिवत्र्य विदेशी मुद्रामा ऋण लिने सवालमा अन्यौलमा देखिन्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x