Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

डलर महंगो हुँदा सुनको मुल्यमा आयो गिरावट

डलर महंगो हुँदा सुनको मुल्यमा आयो गिरावट

काठमाडौं, २ जेठ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मुल्यमा आएको वृद्धिको कारण सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलर तर्फ लगानीकर्ताहरुको आकर्षण बढेको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा कमी आएको हो । यसरी सुनको मुल्यमा कमी आउँदा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स १३०० अमेरिकी डलर भन्दा कममा कारोबार भएको छ । जुन डिसेम्बर महिना यता कै कम हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आउने घटबढको प्रभाव स्थानिय बजारमा पनि पर्दछ । यसरी अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको गिरावटको कारण स्थानिय बजारमा समेत सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका अनुसार आज स्थानिय बजारमा सुन प्रति तोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । जुन हिजोको तुलनामा प्रति तोला पाँच सय रुपैयाँले कम हो । हिजो स्थानिय बजारमा सुन प्रति तोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x