Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपालीबजारमा

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपालीबजारमा

काठमाडौं, २८ फागुन । सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपालीबजारमाभित्रिएको छ । नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपालीबजारमाभित्र्याएको हो । नेपालमाआफ्ना उत्पादनको बिक्रीबितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमाजितउपकरण भित्र्याएको हो ।

सन् २००८ देखि नेपालीबजारमाआफ्ना उत्पादनको बिक्रीबितरण गरिरहेको डाइनाप्याकको आधिकारिक बिक्रेताइनसीइसी रहेको छ । एक कार्यक्रमका बिच एनसीइसीले परिमार्जित अत्याधुनिकप्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो । एनसीईसीकामुलुकभर रहेका बिक्रि र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्रीबितरण हुने छ । एनसीइसीले विगत ६० बर्षदेखि यो क्षेत्रमाकामगर्दै आएको छ ।

नेपालकन्स्ट्रक्सन एण्ड इञ्जीनियरंग कर्पोरेशनकाप्रमुखकार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँउत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए । उनले भने, ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमागर्नेछ । साथै पछिल्ला संस्करणमा थपिएका सुरक्षाप्रविधिले हामी नेपालको बजारमा स्थापीतहुनेमाआशावादी छौं ।

जर्मनीको वार्डेनबर्गमामुख्यकार्यालय रहेको ड्यानप्याकले क्षेत्रीयबिक्रेता र सेवा केन्द्र, तथावितरकसंगको साझेदारी मार्फत बिश्वभरमाआफ्ना उत्पादनको बिक्रीबितरण गर्दै आएको छ । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमाउत्पादन प्लाण्टहरु रहेका छन् । फायाट ग्रुपको अंशका रुपमा रहेको डाइनाप्याकले भारतको क्षेत्रीयकार्यालयमार्फत नेपालभित्रको सेवा संचालनगर्नेछ ।

‘नेपालको विकास निर्माण तथापूर्वाधार निर्माणगर्ने राष्ट्रिय महत्वकाआयोजनामा सहभागिहुनपाउँदाहामीगौरवान्वितभएका छौं ।’ फायाट ग्रुप, डाइनाप्याक इण्डियाका प्रबन्धनिर्देशकमुकुलचक्रवर्तीले भने ।

ड्यानप्याककालागि रातो रंग सधै नै महत्त्वपूर्ण रङ साबित भएको बताएकाचक्रवर्तीले सोही रंगका कारण ब्राण्डको भ्यालुलाई विशिष्ट र थपउपयोगीबनाएको बताए । ‘नयाँ रंगहरुले भविष्यको छवी र डाइनाप्याकको ब्राण्डको आत्मालाई समर्थन गर्छ ।’ उनले भने ।

फायाटले एट्लास कर्पोरेशनको सडक निर्माण सामग्रीबिभागलाई आफुमाविलय समेत गरेको छ । यस बिभागले रोलरको लागिआवश्यक डामर र माटोको उपयोग, मार्फत पेवर्स र प्लेनर्स उत्पादनगर्ने विज्ञप्तीमा उल्लेख छ । यो प्रप्तीसँगै ३७ देशमा रहेका बिक्रि र सेवा संचालन केन्द्र, चार देशकाउत्पादनइकाई र उत्पादन साझेदार फायाट भारतको स्वामित्वमाआएका छन् । डाइनाप्याकको प्राप्तिले फायाट ग्रुपसडक निर्माण सामग्रीउत्पादनमा रणनीतिक रुपमाथपमजबुत बनेको चक्रवर्तीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x