Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, माइतीघरमा डाक्टरको ओपिडि सेवा

शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, माइतीघरमा डाक्टरको ओपिडि सेवा

काठमाडौ, २९ असार ।  चिकित्सा शिक्षा सुधारका अभिभयान्ता आमरण अनशनरत डाक्टर गोविन्द केशीको जिवन रक्षाको माग गर्दै  त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनमा रहदा पनि सरकारले कुनै सुनुवाइ नगरेको र डा केशीको स्वास्थ्य अवस्था गंभिर भएको भन्दै उनीहरु आजदेखि आक्समिक सेवावाहेकका सेवा बन्द गरेर हडतालमा उत्रेका हुन् ।

१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं । यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेबार हुने छ आवसिय चिकित्सक संगठनले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।

विगत १४ दिनदेखि डा. केसी जुम्लामा अनशनरत रहे पनि अझैसम्म उनका मागबारे सरकारी पक्षसँग वार्ता हुन सकेको छैन । केशी सरकारसँग वार्ताका लागि तयार रहेको बताउदै आएका छन् ।

माइतीघरमा ओपिडि सेवा चलाइने 

शिक्षण अस्पतालमा आकाश्मिक सेवा वाहेका सेवा वन्द गरेर आन्दोलनमा उत्रेका डाक्टरहरुले माइतीघरमा ओपिडि सेवा सुरु गर्दैछन् । उनिहरुले १० बजेबाट सरकारले निषेधित क्षेत्र तोकेको माइतिघरमा बिरामी जाँच्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x