Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

डा. युवराज खतिवडालाई स्वतन्त्र कार्यभारसहित अर्थ राज्यमन्त्री

डा. युवराज खतिवडालाई स्वतन्त्र कार्यभारसहित अर्थ राज्यमन्त्री

काठमाडौं, ११ फागुन । नेकपा एमालेले अर्थशास्त्री डा. युवराज खतिवडालाई स्वतन्त्र कार्यभार सहित अर्थराज्यमन्त्री (स्टेट मिनिस्टर विथ इण्डिपेण्डेण्ट चार्ज) बनाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अर्थ र परराष्ट मन्त्रालयमा राम्रो व्यक्ति छनौट गर्ने आकांक्षीहरुलाई बताइसकेका छन् । खासगरी अर्थ र परराष्टमा राम्रो ज्ञान भएका आर्किटेक्टलाई नै मन्त्री बनाउने ओलीको अडान छ । डा. युवराज खतिवडा अर्थमन्त्री बनाउनकै लागि राष्टिय सभा सदस्यमा ल्याइएको हो । एमालेभित्र निर्वाचन सामना नगरेको र धेरै लाभ लिइसकेको भनेर खतिवडाको विरोधमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेहरुको समूह छ ।
तर ओलीले विरोधीहरुलाई पनि शान्त पार्ने र विज्ञ अर्थमन्त्री ल्याउने उद्देश्यले खतिवडालाई स्वतन्त्र कार्यभार सहित अर्थराज्यमन्त्री बनाउने भएका हुन् ।
उर्जामन्त्रीमा माओवादीले जनार्दन शर्मालाई पठाउने भएको छ । निर्वाचनमा पराजय बेहोरेका उपाध्यक्ष वामदेव गौतमले विकास आयोजना कार्यान्वयन प्राधिकरण गठन गरी त्यसको प्रमुख बन्ने आकांक्षा देखाएका छन् । परराष्टमन्त्रीमा भने ईश्वर पोखरेलको चर्चा छ । एमालेबाट मन्त्री बन्नेहरुको पोर्टफोलियो टुंगो लागि नसकेको भएपनि विष्णु पौडेल, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, रविन्द्र अधिकारीको नाम चर्चामा छ । माओवादीका नेता कृष्णबहादुर महराले भने सभामुख बन्ने इच्छा देखाएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x