Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डिप्रोक्सको ३१ प्रतिशत लाभांश

डिप्रोक्सको ३१ प्रतिशत लाभांश

काठमाडौं, १२ मंसिर । डिप्रोक्स लघुवित्त विकास बैंकले शेयरधनीहरुलाई ३१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सोमबार बसेको बैंकको संचालक समितिको २०९औं बैठकले शेयरधनीहरुलाई ३१ प्रतिशतको लाभांश दिने निर्णय गरेको हो । बैंकको संचालक समितिको उक्त निर्णयको सुचना नैपाल स्टक एक्सचेन्जलाई आज मंगलबार गराइएको छ ।

बैंकले प्रस्ताव गरेको ३१ प्रतिशत लाभांश मध्ये १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले गत आर्थिक वर्षमो मुनाफाबाट सो लाभांश दिने बताएको छ । बैंकले गत आर्थिक वर्षमा २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ७० करोड ३१ लाख रुपेयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६० करोड ६१ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x