Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ढल्केबर—मुजफ्फरपुर प्रसारणलाइनबाट आउने १४५ मेगावाट बिजुलीको खरिद सम्झौता नवीकरण

ढल्केबर—मुजफ्फरपुर प्रसारणलाइनबाट आउने १४५ मेगावाट बिजुलीको खरिद सम्झौता नवीकरण

काठमाडौं, पुस १३ । नेपालले भारतको एनटीपीसी विद्युत् व्यापार निगमसँग खरिद गर्दै आएको १४५ मेगावाट विद्युत्को खरिद सम्झौता आगामी तीन महिनाका लागि नवीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार बुधबार साँझ नयाँ दिल्लीमा यो सम्झौता आगामी तीन महिनाका लागि यथावत् दरमा विद्युत् खरिद गर्ने गरी नवीकरण भएको हो । सम्झौताको अवधि आगामी आइतबारबाट समाप्त हुँदै थियो । यो सम्झौता नवीकरण भएसँगै हिउँदमा लोडसेडिङको सम्भावना टरेको छ ।
नेपालले अहिले प्रतियुनिट ३ रुपैयाँ ६० पैसा भारु अर्थात् नेपाली ५ रुपैयाँ ७५ पैसामा विद्युत् खरिद गर्दै आइरहेको छ । नेपाल भारत उर्जा सचिव स्तरीय बैठकबाट विद्युत् खरिद दर लगयतका विषयमाहरुमा सामयिक परिमार्जन सहित सम्झौता नवीकरण हुने भनिएपनि नेपालमा निर्वाचन तथा नयाँ सरकार गठनको क्रम अघि बढेकाले उर्जा सचिव स्तरको स्थायी संयन्त्रको बैठक बस्न सकेको थिएन । जसका कारण सम्झौता नवीकरण हुनेमा आशंका गरिएको थियो ।
हिउँद महिनामा नदीको बहावमा आधारित (रन अफ द रिभर) परियोजनाहरुको उत्पादन घट्न जाने हुँदा प्राधिकरणलाई लोड व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ । अहिले पिक समयमा विद्युत्को माग १,२५० मेगावाट रहेकोमा प्राधिकरणले ९६० मेगावाट आपूर्ति गर्दै आएको छ । माग र आपूर्तिबीचको अन्तरलाई मिलाउन प्राधिकरणले औद्योगिक क्षेत्रमा भने दैनिक तीन घण्टा लोडसेडिङ गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x