Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तिन कम्पनीहरुले पाए हकप्रद निष्कासनको स्विकृति

तिन कम्पनीहरुले पाए हकप्रद निष्कासनको स्विकृति

काठमाडौं, २४ पौष । नेपाल धितोपत्र बोर्डले तिन कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । हकप्रद शेयर निष्कासनको लागि अनुमति पाउनेहरुमा कामना सेवा विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स र फष्ट माइक्राफाइनान्स हुन् । धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको स्विकृति पाए पछि कम्पनीहरुले दुई महिना भित्र आवेदन खुल्ला गरिसक्नु पर्ने बोर्डको निर्देशन रहेको छ ।

कामना सेवा विकास बैंकः कामना सेवा विकास बैंकले १० बराबर १.५ कित्ता हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३० करोड ९४ लाख १५ हजार ४७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले माघ ३ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयरको पुँजीकरण पछि बैंकलाई तोकिएको चुक्ता पुँजी पुर्याउन १४ करोड रुपैयाँको आवश्यकता पर्नेछ । केन्द्रिय बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

एशियन लाईफ इन्स्योरेन्सः एशियन लाइफ इन्स्योरेन्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्विकृति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ । हकप्रद शेयरको पुँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । वीमा समितिले तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनीलाई थप ७९ करोड रुपैयाँमा आवश्यक रहेको छ । वीमा समितिले जिवन वीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकेको छ ।

फष्ट माइक्रोफाइनान्सः फष्ट माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४५ करोड ६२ लाख रुपैयाँबाट बढेर ६८ करोड ४३ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x