Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

तीनदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान

तीनदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडौं, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि आज विहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारतको राजकीय भ्रमणमा निस्केका हुन् । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे प्रधानमन्त्री ओली ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन्।
ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्यसहित उद्योग वणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायत छन् ।
यसैगरी विभिन्न दलका सांसदहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मी र कलाकारहरूको सहित प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका थिए ।
प्रधानमन्त्री ओलीले भारतमा राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बेंकैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन्। ओलीको यस पटकको भारत भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारी अधिकारीहरुले बताएका छन्। उनी २५ चैत्रमा स्वदेश फर्कनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x