Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा

तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा

काठमाडौं, १७ असार । तेह्रथुम जिल्लाको लालिगुंरास नगरपालिका वार्ड न. २ बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक रबीन्द्रलाल श्रेष्ठले गरेका हुन् ।

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा बैंकले १ खर्व ५३ अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्व १२ अर्व रुपैयाँ कर्जा लगानी गरि ३ अर्व ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x