Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन, हवाई चाप कम हुने अपेक्षा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन, हवाई चाप कम हुने अपेक्षा

काठमाडौं, ७ जेठ । अन्तर्राष्ट्रिय उडान भर्ने मुलुककै एक मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक २१ घण्टा सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालयका अनुसार आज देखि बिहान ६ बजे देखि भोलीपल्ट बिहान ३ बजे सम्म बिमानस्थल संचालन हुने छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले विमान स्थलको चापलाई कम गर्न भन्दै संचालन अवधी बढाउने निर्णय गरेका थिए ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले थपिएको समयको लागि एअर ट्राफिक कण्ट्रोल लगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको अर्थको अर्थलाई जानकारी दिए । बढेको समयअनुसार आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरूलाई समय तालिका निर्धारण गरिने उनले बताए ।

यसअघि बिहान ६ बजे देखि राति १२ बजे सम्म १८ घण्टा बिमानस्थल संचालन हुने गरेको थियो । केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले थपिएको समयावधीमा उडान भर्ने बताएको र हवाई चाप केही कम हुने उनको विश्वास छ । यस्तै आगामी दिनमा सो समयमा उडान भर्ने कम्पनीहरुलाई छुटको समेत व्यवस्था गर्ने महाप्रबन्धक क्षेत्रीले बताए ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले कर्मचारीहरूले उठाएका मागका सम्बन्धमा आवश्यक निर्णय पनि गरेको छ । कर्मचारीहरूले अपरेशनमा काम गर्दा अतिरिक्त समयको अतिरिक्त भत्ता, रात्रिकालीन ड्युटिपछि घर जान सवारीसाधनको व्यवस्था तथा अन्य सुरक्षासम्बन्धी विषयमा प्राधिकरणसँग माग गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x