Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वान गरिदै

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वान गरिदै

काठमाडौं, ३० जेठ । राजधानी भित्रिने मुख्य नाकाको रूपमा रहेको थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माणका ग्लोबल टेण्डर आह्वान गरिने भएको छ ।

सुरुङमार्ग निर्माणका नेपालतर्फको सम्पूर्ण तयारी पूरा गरि निर्माण लागत अनुमानसहितको कागजात जापानी सहयोग नियोग (जाइका) मा पठाइएको छ ।जाइकाको अन्तिम स्वीकृतिपछि सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर (बोलपत्र) आह्वान गरिने सडक विभागका उपमहानिर्देशन सञ्जयकुमार श्रेष्ठले बताउनु भयो ।   बोलपत्र आह्वानका लागि समेत सम्पूर्ण तयारी भइसकेको समेत श्रेष्ठले जानकारी दिनु भयो ।

उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०.१ प्रतिशतको ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने भएको छ । नेपाल सरकारले सो ऋण करिब ३० वर्षमा तिर्नुपर्ने छ ।थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको उक्त सुरुङमार्ग निर्माण कार्य २०२१ सम्म गरिसक्ने बताइएको छ ।प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमीटर र चौडाइ करिब १२ मिटर हुनेछ । सुरुङमार्गको उचाइ आठ मीटर र सुरुङमार्ग तीन लेनको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x