Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

थापाथलीस्थीत नेपाल राष्ट्र बैंकको भवन पुनर्निर्माण हुने

थापाथलीस्थीत नेपाल राष्ट्र बैंकको भवन पुनर्निर्माण हुने

काठमाडौं, ०५ असोज । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले क्षति ग्रस्त बनाएको काठमाण्डौ थापाथलीस्थीत नेपाल राष्ट्र बैंकको भवन पुनर्निर्माण हुने भएकोे छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर डाक्टर चिरन्जीवि नेपालले थापथलीस्थित नयाँ बन्ने भवनको आज शिलन्यास गर्नुभएको छ । करिब २ अर्ब ५५ करोड रुपैयाँ अनुमानित लागतमा पहिलाको स्थानमा नै राष्ट्र बैंकको नयाँे भवन निर्माण गरिने छ ।

भवन बनाउन विल्ली कन्टेक जीभीसंग १ अर्ब ८७ करोड १० लाख रुपैयामा ठेक्का सम्झौता भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x