Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दुई लघुवित्तले पायो हकप्रद शेयर निष्कासनको अनुमती

दुई लघुवित्तले पायो हकप्रद शेयर निष्कासनको अनुमती

काठमाडौं, २० जेठ । नेपाल धितोपत्र बोर्डले २ लघुवित्तहरुलाई हकप्रद शेयर निष्कासको लागि अनुमती दिएको छ । हकप्रद शेयर निष्कासनको लागि अनुमती पाउनेहरुमा स्वरोजगार लघुवित्त वित्तीय संस्था र समता माइक्रोफाइनान्स वित्तीय संस्था हुन् ।

स्वरोजगार लघुवित्तले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमती पाएको हो । लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको १२ करोड २४ लाख ९७ हजार २६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

यस्ते समता माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमती पाएको छ । माइक्रोफाइनान्सले १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x