Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

धनगढी स्थित मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्ण कार्य सुस्त

धनगढी स्थित मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्ण कार्य सुस्त

काठ्माण्डौँ, १६ भदौ । दुई वर्ष निर्माण समय अवधी रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक निमार्ण कार्य सुस्त गतिमा अगाडी बढिरहेको छ । कैलालीको धनगढी स्थित मोहनापुल देखि अत्तरिया जोड्ने छ लेन सडकखण्ड निर्माणकोको काम शुरुवात देखी नै विभिन्न अबरोधका कारण २ बर्षमा सम्पन्न हुनुपर्ने सडक खण्ड १ बर्ष बितिसक्दाँ समेत आधा पनि काम सकिएको छैन् ।

६ लेन सडक क्षेत्राधिकारमा परेका भौतिक संरचना हटाउनमा नै ढिलाइ भएको थियो । संरचना हटाउने कार्यको सुरुवातमै केहि घरजग्गा धनीले सर्वोच्च अदालतमा मुद्दा हाले । मुद्दा छिनोफानोमै केहि महिना लागेपछि निर्माणको कामले पनि गति लिन सकेको थिएन । सववेश, नाली निर्माण र चिनाइको काम भइरहेको छ ।

२०७४ जेठ निर्माण सुरु भएको ६ लेन सडक निर्माणको कार्य अहिलेसम्मको भौतिक प्रगति २५–३० प्रतिशतभन्दा बढी काम नभएको मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाले जानकारी दिएको छ । यसैगरी, निर्माणाधीन ६ लेन सडकमा पर्ने मनहरा नाला, सुन्नी खोला र मोहना नदीमा बन्ने पुलको टेण्डर नभएको आयोजनाले जानकारी दिएको छ ।

निर्माणाधीन ६ लेन सडकको दूरी मोहनापुलदेखि अत्तरिया बजारको चौकसम्म १४ दशमलव २ किलोमिटर रहेको छ । कुल एक अर्ब ६८ करोड रुपिया लागतमा निर्माण हुने यो सडकको निर्माण कार्य तीन खण्डमा विभाजन गरी भइरहेको छ । शून्यदेखि ४ दशमलव ५ (साढे चार) किलोमिटर दूरीको पहिलो खण्डमा शर्मा÷अम्मर÷नागार्जुन जेभीले निर्माणको काम गरिरहेको छ । यी निर्माण कम्पनीले भ्याट सहित ५८ करोड १७ लाख १६ हजार रुपियामा ठेक्का पाएका छन् ।

यस्तै, साढे चार किलोमिटर नै दूरी रहेको (साढे चारदेखि नौ किलोमिटर) दोस्रो खण्डमा ५२ करोड १४ लाख ३९ हजार रुपियामा ठेक्का पाएर लुम्बिनी र राजेन्द्रर डाँफे जेभीले काम गरिहेका छन् । ५ दशमलव २ किलोमिटर दूरी रहेको (नौ देखि १४.२ किलोमिटर) तेस्रो खण्डमा ५८ करोड ३३ लाख ११ हजार रुपैयाँमा लामा÷राजेन्द्र÷डाँफे जेभीले काम गरिरहेका जनाइएको छ । यसअघि जग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै केही घरधनीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि निर्माण कार्य करिव चार महिना धकेलिएको थियो ।

त्यसपछि आयोजनाको पक्षमा अदालतले फैसला गरेपछि निर्माण कार्य सुरु भएको थियो । सडक निर्माणमा विविध समस्या हुदा निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण कार्य सुस्त देखिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक निर्माणको कार्य एक वर्ष भन्दा बढी समय हुदा पनि २५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि गत वर्षको जेठ देखि निर्माण कार्य सुरु भएको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण अवधि सकिन अव एक वर्ष पनि बाकी छैन ।

१ अर्व ६८ करोड लागतमा निर्माण भईरहेको प्रदेश ७ को आर्थिक विकाश र सम्बृदिसग जोडिएको छ लेन सडक हालसम्ममा करिव ४० प्रतिशत भन्दा निर्माण हुनुपर्ने हो । तर, हालसम्ममा २५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न हुनुले छ लेन सडक समयमै सम्पन्न हुनेमा आशंका उब्जाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x