Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुदै

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुदै

काठमाडौं, ४ जेठ । नेपाल क्यानोनिङ एसोसियसनले यही जेठ २५ र २६ गते धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले पर्यटन प्रवद्र्धनका लागि थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको जनाएको छ ।

महोत्सवलाई नै लक्षित गरेर एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न लागेको छ। तालिम जेठ २० गतेदेखी सुरु हुने छ । एसोसिएसनले प्रत्येक वर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आएको छ । यसअघि सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गर्ने गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x