Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंकको मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ

नबिल बैंकको मुनाफा २ अर्ब ७९ करोड रुपैयाँ

काठमाडौं, १४ वैशाख । नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा २ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद मुनाफा आर्जन २ अर्ब ६८ करोड रुपैयाँ थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब २३ अर्ब रुपैयाँ र कर्जा प्रवाह १ अर्ब ५ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९० अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप, कर्जा र मुनाफामा वृद्धि गरेको छ ।

बैंकको हाल प्रति शेयर आम्दामी ४६.७० रुपैयाँ, नेटवर्थ २१० रुपैयाँ र मुल्य आम्दामी अनुपात २१.१२ गुणा रहेको छ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x