Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नबिल बैंकको ३४ औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता

नबिल बैंकको ३४ औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता

काठमाडौं,८ साउन ।  नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ । बार्षिकोत्सवको अवसरमा बैंकले उपत्यकामा कार्यरत कर्मचारीहरु बीच फुटसल प्रतियोगिता आयोजना गर्यो । उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता रहेको थियो । बैंक उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालज्युद्वारा बल हस्तान्तरण गरि शुभारम्भ भएको थियो ।

फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालज्युद्वारा मेडल सहित पुरस्कारहरु वितरण गर्नु भएको थियो । बैंकको बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x