Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवद्र्धन गर्न अन्तरक्रिया कार्यक्रम

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवद्र्धन गर्न अन्तरक्रिया कार्यक्रम

काठमाण्डौं, १५ साउन । नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेÈताहरु, ऋण योग्यता परिÔण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रकृयाहरुको बारे सूचित गराउनुका साथै शैक्षिक कर्जा प्रकृया अझ सरल र सहज गराउन सुझाव संकलन गर्ने उद्घेश्यले सो कार्यक्रम गरीएको बैंकका नायब महाप्रबन्धक रमेश लोहनीले बताए ।

कन्ज्यूमर लेण्डी¨ विभागद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको साथैं बैंकका उच्च पदस्थ व्यवस्थापकहरुको समेत सहभागी रहेकोे थियो । नबिल बैंकका अध्यक्ष शम्भू प्रसाद पौड्याले कार्यक्रमको उद्घाटन गर्दै बैंकले आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमहरु संचालन गर्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x