Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नयाँ वर्षको अवसरमा ट्राफिक प्रहरीको विशेष चेकजाँच, ३ सय ८४ कारबाहीमा

नयाँ वर्षको अवसरमा ट्राफिक प्रहरीको विशेष चेकजाँच, ३ सय ८४ कारबाहीमा

युवराज पन्त

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्ष सन् २०१८ को अवसर पारेर आइतवार मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ८४ जनालाई महानगरिय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ । परिसरले नयाँ वर्षको अवसर पारेर आइतवार वेलुकी देखि सोमवार विहान ३ वजेसम्म विशेष चेकजाँच गरेको थियो ।

दरवारमार्ग, ठमेल लगायतका विभिन्न स्थानमा विशेष चेकजाँच गरेको थियो । सो क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने सहित , हो–हल्ला गर्ने, नियम विपरित सवारी चलाउनेलाई पनि कारबाही गरिएको छ । हिजो राती कुनै अप्रिय घटना नघटेतापनि आज विहान ४ः३० वजे मोटरसाईकल दुर्घटनमा पनिर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक साजन ठकुरी रहेको ट्राफिक प्रहरी प्रबक्ता उमेश चन्दले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x