Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यी हुन नवगठित सातवटै प्रदेशको सम्बृद्धिको आधार !

यी हुन नवगठित सातवटै प्रदेशको सम्बृद्धिको आधार !

काठमाडौं ३०, पुस । नयाँ संविधान अनुसार गठन गरिएको संघ, प्रदेश र स्थानीय तीनवटै तहको निर्वाचन सम्पन्न भएसँगै मुलुक संघीय अभ्यासमा प्रवेश गरेको छ । नयाँ संरचना अनुसार मुलुकलाई सात प्रदेशमा विभाजन गरेसँगै कुन प्रदेश कति सम्भावनायूक्त र कुन कमजोर भन्ने बहस निकै चुलिएको छ । यी हुन संघीय नेपालको सात वटै प्रदेशको सम्बृद्धिको आधार ।

प्रदेश नं १ ः यो प्रदेशमा विश्वकै सर्वोच्च शिखर सगरमाथा सहित ७ हजार मिटर अग्ला डेढ दर्जन हिमाल सहित सगरमाथा राष्ट्रिय निकुञ्ज, कोशिटप्पु बन्यजन्तु आरक्षण क्षेत्र लगायत कयौ पर्यटकीय स्थलहरु छन् । विराटनगर जुटमिल देखि मोरङसुनसरी औधोगिक करिडोर, उत्तरमा चिन जोड्ने किमाथाङका नाका देखि भारत जोड्ने जोगवनी नाका पनि यही प्रदेशमा छ । पर्यटन र जडिबुटिको यो प्रदेशमा अपार सम्भावना छ ।

प्रदेश नं २ ः हिमाली र पहाडि जिल्ला नभएको एक मात्र प्रदेश हो यो । जलविद्युत र प्राकृतिक स्रोत साधन केही कम छ । तर कृषिका लागि उर्बर भूमि भएकाले अन्न भण्डारका रुपमा यो प्रदेशलाई लिने गरिन्छ । देशकै मुख्य भन्सार नाका विरगंज, काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाक यो प्रदेशमा छ । तर पनि यो प्रदेशको सम्भावनाको प्रमुख आधार कृषि नै हो ।

प्रदेश नं ३ ः माथिल्लो तामाकोशी, बुढिगण्डकी जलविद्युत परियोजनासँगै त्रिशुली, रसुवागढी, कुलेकानी लगायतका दजनौ जलविद्युत आयोजनाहरु यो प्रदेशमा पर्छ । मुलुकै एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौंलाई तराईसँग जोड्ने फास्टट्रयाक, धार्मिक आस्थाको केन्द्र पशुपति, स्वयम्भु, बौद्ध सहित विश्व सम्पदा सूचीमा सूचिकृत दजनौ स्थनाहरु पनि यहाँ छ । जुन यो प्रदेशको विकासका प्रमुख अवसरहरु हुन ।

प्रदेश नं ४ ः हिमाल, पहाड र तराई तीनवटै क्षेत्र मिलेर बनेको यो प्रदेश प्राकृतिक रुपमा निकै सम्पन्न छ । पोखरा, अन्नपूर्ण पदमार्ग सहित मनाङ, मुस्ताङ जस्ता दजनौ पर्यटकीय गन्तव्यस्थल छन् भने पृथ्वी र सिद्धार्थ राजमार्गले चीन र भारत दुबै मुलुकलाई जोड्न सकिन्छ । त्यस्तै सबैभन्दा धेरै जलविद्युत आयोजना भएको प्रदेश पनि यही हो । यहाँ कालिगण्डकी र बुढीगण्डी जलविद्युत आयोजना र क्षेत्रीय अन्तराष्ट्रिय बीमानस्थल निर्माणको प्रक्रिमा छ । त्यसर्थ यस प्रदेशमा अन्तरदेशीय व्यापार र पर्यटनको अपार सम्भावना छ ।

प्रदेश नं ५ ः विश्वशान्तिको प्रतिक भगवान गौतमबुद्धको जन्मस्थल भएको प्रदेश हो यो । भैरहवामा दोस्रो अन्तराष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र सेजका कारण यो प्रदेश आर्थिक हवको रुपमा विकास हुदैछ । अन्नको भण्डर यस क्षेत्रमा सिंचाईका ठुला परियोजना पनि संचालन हुदैछ भने हुलाकी राजमार्ग पनि यसै प्रदेशमा पर्छ । कृषि, उद्योग र पर्यटन यस क्षेत्रको विकासका आधार हुन ।

प्रदेश नं ६ ः हिमाली १० वटा जिल्ला यो प्रदेशमा पर्छ । पर्यटकीय दृष्टिले यो प्रदेशमा प्रचुर सम्भावना छ । स्वर्गकी रानी भनिने रारा, सबैभन्दा गहिरो सेफोक्सुन्डो ताल, मानसरोवर जाने नाका यही प्रदेशमा पर्छ । पर्यटनसँगै प्रदेश नं ६ मा जडिबुटी र सिमेन्टको पनि विशेष सम्भावना छ ।

प्रदेश नं ७ ः यो प्रदेशमा जलस्रोतको निकै सम्भावना छ । देशकै ठुला नदी कर्णाली र महाकाली यही छ । पञ्चेश्वर, चमेलिया, पश्चिमसेती लगायतका जलविद्युत आयोजना निर्माणको प्रक्रियामा छ । त्यस्तै शूक्लाफाटा आरक्षण, नैनिताल लगायतका दर्जनौ आकर्षक गन्तव्य क्षेत्र छन् । कृषि, पर्यटन र जलविद्युत यो प्रदेशको सम्भावनाको खानी हो ।

नवगठित यी सातै प्रदेशमा फरक–फरक सम्भावनाको खानी छ । त्यसर्थ बलियो योजना, दुरगामी दृष्टिकोण सहित संघीयता कार्यान्वयन गर्ने हो भने मूलुककै मुहार बदल्ने सामथ्र्य राख्ने स्रोत र सम्भावन छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x