Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नवनियुक्त जापानी राजदुतद्धारा पौडेलसंग शिष्टचार भेट 

नवनियुक्त जापानी राजदुतद्धारा पौडेलसंग शिष्टचार भेट 
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग नेपालका लागि नवनियुक्त जापानी राजदुत मासामिची साइगोसङले आज शिष्टचार भेट गरेका छन् । वरिष्ठ नेता पौडेलको निवास वालाजुमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटमा जापान नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको जानकारी राजदुत मासामिची साइगोसङले गराएका थिए । भेटमा वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकोमा राजदुत मासामिची साइगोसङलाई धन्यवाद दिएका थिए । त्यसै गरि नेपालको समृद्धिका लागि कृषि क्रान्ति उर्जा शक्तीको विस्तार र पर्यटनको विकास आवश्यक भएको यी क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह गरेको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x