Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नसर्ने रोगबारे अन्तरक्रिया

धनगढी,५ माघ
बुधबार धनगढीमा नसर्ने रोग सम्बन्धि पत्रकार संग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणबारे जानकारी दिन उदेश्यले पत्रकार संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा.शुसिल प्याकुरेलले देशका अन्य भागभन्दा सुदूरपश्चिममा नसर्ने रोगको अवस्था कम भएको बताए । उनले नसर्ने रोगका कारण धेरैको ज्यान जाने गरेकोले यसको रोगथाम तथा नियन्त्रण आवश्यक रहेको बताए ।
क्यान्सर, मुटुरोग, मृर्गौला, उच्च रक्तचाप, सुगरजस्ता नसर्ने रोगको समस्या देशभर फैलिँदै गएकोले त्यसको रोकथाम तथा नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने प्याकुरेलको भनाई थियो । समयमै नसर्ने रोगको पहिचान गरी उपचार गर्न सके यी रोगको रोकथाम गर्न सकिने बताउँदै उनले भने–‘ पहिलो कुरा हरेक नागरिकले स्वास्थ्य परिक्षण गर्नु आवश्यक छ’ ।
कार्यक्रममा डा. रश्मिना मानान्धरले नसर्ने रोगबारे विरामीलाई थाहा हुदैन् विस्तारै यसले कमजोर बनाउँदै लगेर मानिसलाई मृत्युको मुखमा पुर्याउने गरेको बताइन । नसर्ने रोगबाट बच्न मद्यपान, धुम्रपान, सुर्तिजन्य वस्तु सेवन नगर्न डा. मानान्धरको सुझाब छ । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख खगेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्र कार्कीले नसर्ने रोगका बारेमा जनतालाई सुसुचित गर्न पत्रकारको भूमिका अहम रहेको धारणा राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x