Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नागपञ्चमीमा नागको चित्रको व्यापार

नागपञ्चमीमा नागको चित्रको व्यापार

काठमाण्डौं, ३१ साउन । आज नागपञ्चमी देशभरका बिभिन्न ठाउँमा हिन्दु धर्मावलम्बीहरु नागको पुजाआजा गरि मनाउदै छन् । प्रत्येक बर्ष श्रावण शुक्ल पञ्चमीका दिन अष्ट नागपूँजा गरी नाग पञ्चमी पर्व मनाइने गरिन्छ । घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधि पूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्वीर टाँस्नाले मेघ, सर्प, र अग्निको भय नहुने जनविश्वास छ ।

आज काठमाडौंको टौदह, नागदह, नागपोखरी र दहचोकलगायतका क्षेत्रमा मेला नै लाग्ने गरेको छ । नागपोखरीमा बिहानै देखि भक्तजनहरुको घुँइचो छ । विहानै देखि भक्तजनहरु फुल, अक्षता, नैवेद लिइ पुजा गर्नमा व्यस्त छन् । नागको मुर्तिमा दुध चढाउनेहरुको घुइचो उस्तै छ ।

यसै अवससरमा नागका तस्बिरहरुको व्यापार पनि बढेको छ । नक्सालका दिपलाल शाह तीन दिन अगाडी देखिनै नागका तस्बिरहरुको व्यापारमा व्यस्त छन् । नागपोखरीको बाहिर पट्टी पसल थापेर उनी नागका तस्बीर लगायत दुबो, अक्षता, दियो, फुल, गाईको गोबर समेत बेचिरहेका छन् । उनी भन्छन ‘चाडपर्व अनुसारका तस्बीरहरु बेच्छु । आज बिहानै देखी ३ हजारको मात्रै बिक्रि भएको छ ’ । खाली समयमा पान पसल र साइकल मर्मतमा व्यस्त हुने उनी चाडपर्वमा पुँजाका सामाग्री र तस्बीरको व्यापारमा व्यस्त हुन्छन् ।

उपत्यका भरी नै आज तिर्थ स्थलका वरीपरी नागका तस्बीर पुजाका सामाग्री बेच्ने हरुको घुइचो देखिन्छ । नयाँ बानेश्वरमा बस्दै आएका विनोद अर्याल बानेश्वरमै बाजेको पसल चलाएर बसेका छन् । उनी प्ुजा सामाग्रीको पसलबाहिर नागका तस्बीरहरुको छुट्टै व्यापार गरिरहेका छन् । हिजो राती ९ बजे सम्म उनी नागका तस्बीरहरु बेच्नमा व्यस्त देथिए । प्रत्येक दिन १ हजार ५ सय देखी २ जार ५ सय सम्म तस्बीर मात्रै बिक्रि हुने उनले बताए । भारतबाट व्यापार गर्न भनि काठमाण्डौ आएका राजु ठाकुर परिवार सहित नक्सालमा बस्दै आएका छन् । उनको नक्सालमा पुजा सामाग्रीको पसल छ । उनी हिजो विहानै देखी नाग पोखरीको गेटमा ठेला राखी तस्बीर लगायत अन्य पुजा सामग्री बेचिरहेका छन् । पहिले यस्ता चाडपर्वमा तस्बीरहरु भारतबाट आउने गर्थे तर अहिले नेपालमै छापिने उनी बताउछन् । तर अझै पनि केहि मात्रामा नागका तस्विरहरु भारतबाट पनि आयात हुने गरेको उनको भनाइ छ ।

उनले असनबाट होलसेलमा तस्बीर ल्याएर बेच्ने गरेको बताए । उनी भन्छन ‘भिडभाडको बेला ४÷५ हजार रुपैयाँ सम्मको पनि तस्बिर व्यापार हुन्छ’ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x