Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नाडा अटो शो सुरु

नाडा अटो शो सुरु

काठमाडौं, २६ भदौ । नाडा अटो शो–२०१८ आजदेखि राजधानीमा सुरु भएको छ ।

नाडा अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा १३ औं नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ । अटो शोको आज अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे ।

आगामी भदौ ३१ गतेसम्म चल्ने मेलामा १ सय ३४ वटा स्टलमा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू राखिएका छन् । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ ।

अटो शोमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x