Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंकहरु, तरलता कायमै रहेको संकेत

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिए बैंकहरु, तरलता कायमै रहेको संकेत

काठमाडौं, २९ जेठ ।   बैंकहरु बीच बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा चलेको छ । नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका हुन । जस मध्ये सिभिल र एनआइसि एसियलेले निक्षेपको ब्याजदर बढाएका छन् । अन्य बैकहरु पनि ब्याजदर बढाउने गृहकार्यमा रहेका छन् । सिभिल बैंकले मुद्दती निक्षेपमा १२.२२ प्रतिशत र बचत खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।जसका लागि सिभिल बैंकले १० प्रतिशत ब्याजको चन्द्रसूर्य बचत खाता सञ्चालनमा ल्याएको छ।  यो  खाता खोल्नका लागि न्युनतम १० हजार रुपैयाँ चाहिन्छ। यसै गरी सो बैंकले २२२ दिने मुद्दति खाता पनि सञ्चालनमा ल्याएको छ। खाता खोल्नेले १२.२२ प्रतिशत ब्याज पाउने छन्। खाता खोल्नका लागि तीन लाख रुपैयाँ मौज्दात चाहिने प्रवधान राखिएको छ।

यसैगरी, एनआइसी एसिया बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ। बचत खातामा ८ प्रतिशत ब्याज दिने योजना अघि सारेको छ ।  यसअघि एनआइसी एसिया बैंकले संघले निर्धाण गरेको मापदण्ड विपरीत बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बिवादमा परेको थियो ।

बजारमा तरलताको अभाव विस्तारै हट्दै गएको भनिए पनि केही बैंकले उच्च ब्याज दिएर निक्षेप तान्न थाल्न थालेपछि तरलता कायमै रहेको संकेत गरेको छ । कतिपय अर्थ मामिलाका जानकारहरु भने  केही बैंकले १२ प्रतिशतभन्दा माथि पुर्याउने र केहीले कम दिँदा निक्षेप संकलनमा समस्या पर्ने बताउछन् । मुद्दती निक्षेपको ब्याजदर बढाउँदै जाने हो भने कति ब्याजमा लगानी गर्ने भन्ने विषयमा थप समस्य निम्तन सक्ने चिन्ता कतिपय बैंकर्सहरुको रहेको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x