Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निगमको ‘मकालु’ वाइड बढी विमान साउन ११ गते काठमाडौँमा अवतरण गर्ने

निगमको ‘मकालु’ वाइड बढी विमान साउन ११ गते काठमाडौँमा अवतरण गर्ने

काठमाडौं,६ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ ।  निगमाका अनुशार फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने  छ ।

दोस्रो वाइड बढी विमान भित्र्याउनका लागि निगमको एक समूह ‘टोली’ अस्ती शुक्रबार नै फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धक सहितको टोली आज त्यसतर्फ जाने तयारीमा  रहेको निगमा प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको श्रेष्ठले बताए।  वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ ।  निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

निगमले हाल आठ अन्तरष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । नयाँ जहाजपछि थप तीन गन्तव्य जापान, दक्षिण कोरिया र साउदी अरेबियामा निगमको जहाज उड्नेछन् । यस्तै भारत र चीनमा केही शहर र म्यानमार, श्रीलंका, भियतनामलगायत देशमा पनि उडान गर्ने निगमको तयारी छ । निगमले सन् २०१९ भित्र थप दुई वटा न्यारो बडी जहाज भित्र्याउने र छिमेकी देशका मुख्य शहरमा उडान गर्ने लक्ष्य राखेको छ । यसबाट मलेसिया र अरव मुलुकमा आवजजावत गर्ने कामदारहरुमात्र नभइ विदेशी पर्यटकहरुको आगमनमा समेत सहयोग पुग्ने निगमले बताएको छ ।जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x