Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

निरन्तर बढेको शेयर बजारमा भयो करेक्सन

निरन्तर बढेको शेयर बजारमा भयो करेक्सन

काठमाडौं, १० वैशाख । दुई साता लगातार बढेको शेयर बजारको परिसुचक नेप्से परिसुचक आज सोमबार घटेको छ । निरन्तर उकालो लागेको शेयर बजार आज २७.६४ अंकले घटेको छ । यो गिरावटसंगै शेयर बजारमा करेक्सन भएको जानकारहरुले बताएका छन् ।

दुई साता लगातार बढेको बजार १६८.२६ अंकले माथि उक्लेको थियो । आज सोमबार दोहोरो अंकले शेयर बजार घटेसंगै नेप्से परिसुचक १४१०.८५ विन्दुमा पुगेको छ । नेप्से परिसुचकमा गिरावट आए पनि कारोबार रकम भने १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ रुपैयाँ बराबरको भएको छ । सोमबार कुल १७० कम्पनीहरुको ३१ लाख १४ हजार ६१८ कित्ता शेयरहरुको किनबेच भएको नेप्सेले जनाएको छ ।

सोमबार आज शेयर बजार खुलेदेखी नेप्से परिसुचकले मिश्रीत प्रतिक्रिया देखाएको थियो । शेयर कारोबार अवधिभर नेप्से परिसुचक उतार चढापमा नै रह्यो । नेप्से परिसुचकसंगै आज कारोबार भएको १० वटै समुहगत परिसुचकहरुमा गिरावट आएको छ । आज वाणिज्य बैंक २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत ५४.७३, वित्त कम्पनी ९.५९, वीमा ८८.४४, उत्पादन २९.०८, अन्य समुह १६.७७ र लघुवित्त ३०.७८ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x