Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध, रोजलाई महा-सचिव पद

निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध, रोजलाई महा-सचिव पद

अन्ततः लामो समयदेखिको विवाद र रस्साकस्सीसँगै चलचित्र निर्माता संघले नयाँ अध्यक्ष पाउने भएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा हुने निर्वाचनसँगै नयाँ अध्यक्ष पदमा आकाश अधिकारी आउने पक्का भएको छ । वुधबार मनोनयन दर्ता प्रक्रिया सकिएको छ । आकाश बाहेक अध्यक्ष पदमा अन्य निर्माताको उम्मेदवारी नपरेपछि उनी निर्विरोध हुने पक्का भएको हो ।

यस्तै, महासचिव पदमा निर्माता रोज राणा पनि निर्विरोध हुने भएका छन् । आकाशको प्यानल घोषणा कार्यक्रममा महासचिवमा छविराज ओझाको नाम अगाडि सारिएको थियो । तर, मनोनयन दर्तामा महासचिव पदमा रोजले मात्र नाम दर्ता गरेपछि उनी पनि निर्विरोध हुने भएका हुन् । सचिव पदमा निर्माता छविराज ओझाको मात्र उम्मेदवारी परेपछि उनी पनि निर्विरोध विजयी हुने पक्का भएको छ ।

कोषाध्यक्ष पदमा पनि निर्माता सुशिल पोखरेलको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्ष र सदस्य पदमा भने निर्वाचन हुने संकेत देखिएको छ । तर, भोलीसम्म उम्मेदवारी फिर्ता र दाबी विरोधको समय छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले उपाध्यक्ष पदमा ३ जना र सदस्य पदमा ११ जनाको उम्मेदवारी परेको बताए । उनले उपाध्यक्ष र सदस्य पदमा पनि निर्विरोध गराउने पहल जारी राख्ने बताए ।

उपाध्यक्ष पदका लागि केशव भट्टराइ, माधव वाग्ले र गोविन्द शाहीले उम्मेदवारी दर्ता गरेका छन् । सदस्य पदमा ९ जना आवश्यक पर्नेछ । तर, ११ जना निर्माताले उम्मेदवारी दिएका छन् । सदस्य पदमा करिश्मा मानन्धर, रोहित अधिकारी, दीपेन्द्र के खनाल, भानुप्रताप, निश्चल बस्नेत, दीपकराज गिरी, अर्जुनकुमार, चेतन सापकोटा, निकिता पौडेल, सुशान्त श्रेष्ठ, रौनक विक्रम कँडेलले उम्मेदावरी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x