Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको इजाजत रोकियो

निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको इजाजत रोकियो

काठमाडौं, १० साउन । धितोपत्र बोर्डले निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको नयाँ आवेदन र इजाजत रोकेको छ । धितोपत्र वजारको विकास सँगै धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकरको संख्या वढ्दै गईरहेको र बजारमा उल्लेख्य संख्यामा सेवा प्रदायक रहेको भन्दै आवेदन रोकिएको बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) नियमावली, २०६४ लागू भए पश्चात हाल २५ मर्चेन्ट वैक सञ्चालनमा छन् । ती मध्ये सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय (निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा) प्रदान गर्ने संस्था ६ ओटा छन् । बाँकीले आंशिक काम गर्छन् । निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन जस्ता ४ वटा व्यवसाय गर्ने १० मर्चेन्ट बैंकर छन् । निष्काशन तथा विक्री प्रवन्ध, धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेशन) मात्र व्यवसाय गर्ने एक संस्था छ भने सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने एक सस्था छ । पोर्टफोलियो (लगानी) व्यवस्थापनमात्र गर्ने सात संस्था क्रियाशील रहेका छन् ।

त्यस्तै सात कम्पनीहरु अनुमतिपत्र प्राप्तिका लागि बोर्डको प्रक्रियामा रहेको, जसमध्ये सम्पूर्ण मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न ५, संस्थागत परामर्श सेवा वाहेक ४ वटा मर्चेन्ट वैकिङ्ग व्यवसाय गर्न १ तथा लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न १ कम्पनीले प्रस्ताव गरेको बोर्डले जनाएके छ । बोर्डले गत वर्ष मर्चेन्ट वैंकरहरुले वहन गर्ने जिम्मेवारी तथा लिने जोखिम, पूँजी वजार र अर्थतन्त्रको अवस्थाको आयतनका आधारमा मर्चेन्ट बैंकर्स नियमावलीमा संशोधन गरी मर्चेन्ट वैंकरको चुक्ता पूँजीमा चार गुणा सम्म वृद्धि तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।

प्रोत्साहनमूलक कार्यक्रम अन्र्तगत केही उत्पादनशील कम्पनीहरु सार्वजनिक निष्काशन गर्ने क्रममा रहे तापनि मुख्यतः नेपाल राष्ट्र वैंक तथा विमा समितिले क्रमशः वैंक तथा वित्तीय (वैवि) संस्था र वीमा कम्पनीको अनुमति प्रदान गर्ने कार्य स्थगन गरेको परिप्रेक्ष्यमा नयाँ वैवि संस्था तथा विमा कम्पनीहरुको सार्वजनिक निष्काशन कार्य सीमित भएको भन्दै बोर्डले नयाँ आवेदन नलिने भएको हो । ‘हाल वोर्डवाट अनुमतिपत्र प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या प्रतिस्पर्धात्मक रुपमा व्यवसाय संचालनको लागि पर्याप्त रहेको तथा वजारको अवस्था र आवश्यकता भन्दा निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारको संख्या वढी हँुदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने अवस्था समेत देखिन्छ,’ गिरीले भने, ‘यसका अलवा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू भए पश्चात लाईन लाग्ने स्थिति नरहेको तथा आवेदन प्रशोधन कार्य अत्यन्त सहज हुन गई निष्काशन तथा विक्री प्रवन्धकको भूमिका न्यूनिकरण भएको एवं डिम्याट सेयरको मात्र कारोवार हुने व्यवस्थावाट सेयर रजिष्ट्रारको कार्य समेत केही कम हुन गएको छ ।’
यद्यपि, विद्यमान वजारको अवस्था तर आकार अनुसार अन्य मर्चेन्ट वैकिङ्ग व्यवसाय धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवाको आवश्यकता अझै रहेको सन्र्दभमा आवेदन दिएकालाई भने इजाजतपत्र दिइने बोर्डले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x