Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नीति तथा कार्यक्रम मिठो निबन्ध मात्र

नीति तथा कार्यक्रम मिठो निबन्ध मात्र

काठमाडौै, जेठ ८ । सरकारले सार्वजनिक गरेको नीति कार्यक्रमा विषयमा नेताहरुको फरक फरक टिप्पणी बाहिर आएका छन् । सात्ताधारी दलका नेताहरुले घोषणपत्रमा उल्लेखित कुराहरुलाइ समेटेको बताएका छन् भने विपक्षी दलका नेताहरुले महत्वकांक्षी मिठो निवन्धको रुपमा अर्थाएका छ्न् ।

चुनावी घोषणापत्रका कुरा आएका छन्
पुष्प कमल दाहाल , अध्यक्ष नेकपा
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्मकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारलाई सुदृढ गर्ने कुरा आएको बताए। ‘हामीले निर्वाचनका बेलामा साझा उम्मेदवार र साझा घोषणापत्र लिएर गएका थियौं। त्यो घोषणापत्रमा हामीले जे कुरा भनेका थियौं, तिनै कुरालाई नीति तथा कार्यक्रममा समेटेका छौं,’ उनले भने।

स्पष्टिकरण जस्तो छ टिप्पणी आवश्यक छैन
शेरवाहादुर देउवा, प्रमुख प्रतिपक्षी दलको नेता
प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरवहादुर देउवाले नीति कार्यक्रममा टिप्पणी गर्नुपर्ने विषय नै नरहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम स्पष्टिकरण जस्तो देखिएको छ यसमा टिप्पणी गर्नु पर्ने कुरा देखिन् देउवाको प्रतिक्रिया छ ।

दोहोरो अंकको आर्थिक वृद्धि विरोधाभासपूर्ण
बाबुरामा भट्टराई , अध्यक्ष नयाँ शक्ति
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर पार्ने र १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुरा विरोधाभासपूर्ण रहेको बताएsका छन् । भट्टराईले संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा नीति तथा कार्यक्रममा नपरेको यो विषय जानी जानी छुटाइएको हो वा बिर्सिएको भन्ने प्रश्न गरे ।

कार्यान्वयनको पक्ष नहेरी टिपणी गर्न सकिदैन
राजेन्द्र महतो, नेता राजपा
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रममा राम्रा योजना आएको बताए । यसको कार्यन्वयनको पक्ष नहेरी अहिलेनै केही भन्न नसकिने उनले बताए । संविधान संशोधनको कुरा नआउँदा आफूहरुलाई खल्लो लागेको महतोले प्रतिक्रिया छ ।

आकांक्षी मात्र होइन प्रचारमूखी
रामशरण महत
पूर्व अर्थमन्त्री
पूर अर्थमन्त्री एव नेपाली कांग्रेसका नेता राम शरण महतले सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रम महत्वकाक्षी मात्र नभइ प्रचार मुखी रहेको टिपणी गरेका छन् । नेपालीको प्रतिव्यक्ति आय दोब्बर बनाउँछु भन्ने र दश वर्षभित्र मध्यम आय भएको मुलुकमा पुर्याउँछु भन्ने उल्लेख छ।त्यसका लागि १३/१४ प्रतिशतको आर्थिक वृद्धिदर चाहिन्छ।आर्थिक वृद्धिदर भनेको स्थीर मूल्यमा हुनुपर्छ।डलर मूल्यमा प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर कसरी गर्ने?

घोषणापत्रबाट पछि हटेको देखिन्छ –सर्वसाधरण
नीति तथा कार्यक्रममा ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाउन खोजेको देखिन्छ । चुनावी घोषणापत्रमा भनिए भन्दा फरक हिसाबले नीति तथा कार्यक्रम ल्याइएको छ। जनताले प्रत्यक्ष लाभ लिने र मौलिक हक कार्यान्वयनका विषयमा ध्यान पुगेको देखिदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x