Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नुवाकोटको दुप्चेश्वर र बट्टारमा एभरेष्ट बैंकको शाखा

नुवाकोटको दुप्चेश्वर र बट्टारमा एभरेष्ट बैंकको शाखा
काठमाडौं, १३ जेठ । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंक लिमिटेडले नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बट्टार शाखाको उद्घाटन बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।
यसैगरि, दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले संयुक्त रुपमा गरेका थिए । यस बैंकको हाल सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च भएको बैंकको दाबी छ । त्यस्तै बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x