Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर

काठमाडौं, १४ मंसिर । नेको इन्स्योरेन्स कम्पनीले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मंसिर ५ गते हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएको हो ।

नेको इन्स्योरेन्सले ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ ।

कम्पनीको गत असोजमा सम्पन्न २२औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयरसंगै ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । सोहि अनुरुप कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको हो । १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद शयेर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोठ रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७१ करोठ २८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनएमवि क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x