Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपालमा कुकुर पाल्ने प्रचलन बढेसँगै व्यवसाय पनि फस्टाउदै

नेपालमा कुकुर पाल्ने प्रचलन बढेसँगै व्यवसाय पनि फस्टाउदै

काठमाडौं, ११ बैशाख । नेपाली समाजमा कुकुर पाल्ने चलन नयाँ होइन । पहिले– पहिले आफ्नो घरको रक्षाका समाजमा प्रतिष्ठित व्यक्तिहरुले कुकुर पाल्ने गर्दथे । बफादार र साहसी प्राणीका रुपमा लिने गरिन्छ कुकुरलाई । तर पछिल्लो समय कुकुरलाई अब बफादार साथी र इमानदार प्राणीका रुपमा मात्र सिमित रहेनन् । आजभोली नेपाली समाजमा यो व्यवसायका रुपमा फँस्टाउदै गएको छ ।

सुरु सुरुमा कुकुर समाजका प्रतिष्ठितहरुले राख्ने गर्दथे भने अहिले हरेक मानिसले सौख र व्यक्तिगत सानका लागि पनि कुकुर पाल्न थालेका छन् । कुकुरमा सुँघेरै अपराधी पत्ता लगाउन सक्ने क्षमता भएकाले यसलाई विश्वका जुनसुकै देशमा पनि जासुसका रुपमा प्रयोग गरिन्छ । कुकुरमा यस्तो विशेषता भएकै कारण आजभोली सहरमा मात्र नभइ गाँउ–गाँउमा पनि कुकुर पाल्ने प्रचलन बढ्दो छ । काठमाण्डौमा मात्र हाल ५० भन्दा बढी व्यवसायीक केनल क्लवहरु संचालनमा छन् । अहिलेको व्यस्त समाजमा कुकुरलाई सुरक्षाको पहरेदारका रुपमा पाल्ने गरेको रोयल क्यानेलका संस्थापक तथा व्यवस्थापक हिम केसीले बताए । उनी काठमाण्डौमा २०५० साल देखी सो व्यवसाय गर्दै आएका छन् । ४० हजारमा सुरु गरेको यो व्यवसाय अहिले १० लाखको भएको उनले जानकारी दिए ।

हाल नेपालमा भारत, थाइल्यान्ड, युरोप जस्ता देशबाट आयात गरिएका कुकुरहरु खरिद एवं बिक्री भइरहेको छ । जर्मन सेफड, लब्रडर, जापनिज स्पीज कुकुर, स्पाइनल बढी रुचाइको उनले जानकारी दिए । साथै यी बाहेक नेपाली समाजमा पग, गोल्डेन रेट्रिवियर, डल्मासन बक्सर, डोवेरम्यान, ग्रेट डेनि जस्ता थुप्रै जातका कुकुरहरु पाइने गरेको बताए । हाल नेपालमा करिब ३० जातका कुकुरहरु उत्पादन भएको र नेपालको हिमाली क्षेत्रमा पाइने भोटे कुकुर निर्यात हुने गरेको उनले बताए । भोटे कुकुरको मुल्य पनि अन्य कुकुरको तुलनामा बढी रहेको केसीले जानकारी दिए ।

अहिले कुकुर उत्पादनको व्यवसाय गरेर थुप्रैले राम्रो आम्दानी गरेका छन् । सानो स्थान र थोरै लगानीमा सुरु गर्न सकिने यो व्यवसायबाट राम्रो लाभ लिइरहेको छ । केसीका अनुसार अहिले ठुलो जातको एउटा कुकुरबाट कम्तिमा १० हजार देखि बढीमा ५ लाख रुपैयाँ सम्म बिक्री हुने गरेको छ । त्यस्तै सानो जातको कुकुर ५ हजार देखि २ लाख सम्म बिक्री हुने गरेको छ । नेपालमा पाइने भोटे कुकुर संसारकै सबै भन्दा महंगो भएकाले यसको राम्रो संरक्षण र उत्पादन गर्न सके राम्रो लाभ लिन सकिने उनले बताए । यो जातको कुकुर अहिले नेपालमा लोप हुदै गएको छ । मासिक एक दुइ हजार रुपैयाँ खर्च गर्न सके कुकुर पाल्न ग्राहो नहुने तर कुकुरलाइ समयमा खाना दिनु बाहेक प्रशस्त माया र हेरचाह गर्न आवश्यक रहकेो पनि उनले सुझाव दिए ।

नेपालमा कुकुरपालन पहिलेका तुलनामा निकै फँस्टाउदै गए पनि अपेक्षित गति लिन भने सकेको छैन । तसर्थ कुकुर व्यवसायबाट पनि मुलुककले आर्थिक उन्नती गर्न सक्ने भएकाले सरकारले यसलाई कृषी उद्योगका रुपमा मान्यता दिनुपर्ने माग पनि उनले गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x